- Home
- News
- General News
- एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुल्ला, कहिलेसम्म दिने आवेदन?
एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको मंसिर १२ गते शुक्रबारदेखि बिक्री खुल्ला भएको छ।
इकाइको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुल्ला गरेको हो। यसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई एक करोड २५ लाख इकाईमा सर्बसाधारणले आवेदन दिन पाउनेछन्।

यस खुलामुखी योजनामा छिटोमा मंसिर १६ गते सम्ममा आबेदन गरीसक्नु पर्नेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपरे ढिलोमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ।
यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाई सम्म आबेदन दिन सकिनेछ।
इक्रा नेपालले योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटललाई ुइक्राएनपी एएमसी क्वालिटी ३ु रेटिङ्ग दिएको छ। यस्तै प्रबर्द्धकलाई इक्रा नेपालले ुइक्राएनपी–बीबीबी प्लसु रेटिङ्ग दिएको छ। यसले मध्यम जोखिम रहेको जनाउछ।
Source: Mero Lagani
Latest Updates View All
-
24MarLock in Expire Notice_Menchhiyam Hydropower Ltd
-
22MarPress Release_ Completion of Capital Market Literacy Program__Global Monet Week-2026_Sindhupalchok
-
22MarRight Share Issue Notice – Buddhabhumi Nepal Hydropower Company Limited
-
20MarRight_BUDDHABHUMI NEPAL HYDROPOWER COMPANY LIMITED_FH11
-
12MarLOck in Notice_Bhugol Energy Development Company Ltd__FH11
-
11MarChhimek_ Laghubitta Bittiya Sanstha_Promoter Share 2082-11-27


